शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।

मिस युनिभर्स नेपाल २०२१’ को दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धामा सुजिता बस्नेत अब्बल बनेकी छन् । राजधानीमा आयोजित प्रतिस्पर्धामा उनले ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२१’ को ताज पहिरिन सफल भएकी हुन् । उनलाई अघिल्लो वर्षकी विजेता अंशिका शर्माले ताज पहिर्याइदिएकी थिइन् । विजेता भएसँगै सुजिताले दश लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । सुजिताले ‘मिस फियर्स’ र ‘मिस फ्याबुलस’ को उपाधिसमेत आफ्नो नाममा सुरक्षित राखेकी छन् । उनले आगामी डिसेम्बर १२ मा इजरायलको इलाटमा हुने ७० औं संस्करणको ‘मिस युनिभर्स २०२१’ मा नेपालका तर्फबाट सहभागिता जनाउने छिन् । पहिलो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२०’ मा उनी ‘फस्ट रनर अप’ बनेकी थिइन् । उनी ‘मिस नेपाल युएसए २०११’ की ‘फस्ट रनर अप’, ‘मिस मेरिल्यान्ड २०१६’ की विजेता तथा ‘मिस मेरिल्यान्ड युएसए २०२०’ की ‘सेकेन्ड रनर अप’ हुन् ।
प्रतियोगतामा ‘मिस लाइफ स्टाइल’ र ‘मिस फ्री एण्ड फियरलेस’ को उपाधिसहित निनाकान्त मण्डल ‘फस्ट रनर अप’ बनिन् । २५ वर्षीया निना पहिलो संस्करणको ‘मिस नेपाल युनिभर्स २०२०’ की ‘सेकेन्ड रनर अप’ विजेता हुन् भने ‘रसिया बेस्ड’ सफल व्यावसायिक मोडल पनि हुन् । उनी ‘मिस एसिया रसिया २०१८’ की विजेता रहिसकेकी छिन् ।
यसैगरी प्रतियोगितामा ‘सोसियल इम्प्याक्ट लिडर’ को उपाधिसहित रक्षा उप्रेती ‘सेकेन्ड रनर अप’, प्रतीक्षा महरा क्षेत्री ‘थर्ड रनर अप’ तथा डा. केशु खड्का ‘फोर्थ रनर अप’ का रूपमा चयन भए । १६ प्रतिस्पर्धीहरूको ग्रान्ड फाइनल प्रतिस्पर्धाको यात्रामा उत्कृष्ट दशभित्र सोसल ‘इम्प्याक्ट लिडर’ विजेता बनेसँगै रक्षा उप्रेती, अनलाइन भोटिङको प्रावधान र जुरी मूल्यांकनको आधारबाट पिपुल्स च्वाइस अवार्ड हुँदै सगुन गुरुङ र विभूति गौतमले उत्कृष्ट दशमा सिधै आफ्नो यात्रा तय गरेका थिए । ‘टप टेन’ भित्र पुगेका अन्य प्रतिस्पर्धीहरूमा आर्या निशान्त, वृष्टि आचार्य, प्रतीक्षा महरा क्षेत्री, निनाकान्त मण्डल, डा. केशु खड्का, मन्दिरा कार्की र सुजिता बस्नेत हुन् ।