श्रीमान् र श्रीमतीबीच प्रेम अभिव्यक्त गरिएको ‘तिमी मेरो पूजा’ बोलको गीत प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।
‘एस थ्री के’ नामक युट्युब च्यानलमार्फत यो गीत रिलिज गरिएको हो । गीतको शब्द–रचना प्रीति आत्रेय ज्ञवालीको रहेको छ भने ज्योतिप्रकाशले संगीत भरेका छन् । संगीत संयोजनमा राजेन्द्र बजगाईं,सिनेम्याटोग्राफीमा अजय रेग्मी, भिडियो सम्पादनमा विकास दाहाल रहेका छन् । मेलिना राईको स्वर रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र सम्पदा बानियाँलाई श्रीमान्–श्रीमतीको भूमिकामा देख्न सकिन्छ । सहायक कलाकारमा आर्या आत्रेय, भोजराज आचार्य, आर्या कोइराला, गणेश प्रसाईं र गीतका संगीतकार ज्योतिप्रकाशलाई समेत अभिनय गरेको देख्न सकिन्छ ।
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ।