श्रीमान् र श्रीमतीबीच प्रेम अभिव्यक्त गरिएको ‘तिमी मेरो पूजा’ बोलको गीत प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।
‘एस थ्री के’ नामक युट्युब च्यानलमार्फत यो गीत रिलिज गरिएको हो । गीतको शब्द–रचना प्रीति आत्रेय ज्ञवालीको रहेको छ भने ज्योतिप्रकाशले संगीत भरेका छन् । संगीत संयोजनमा राजेन्द्र बजगाईं,सिनेम्याटोग्राफीमा अजय रेग्मी, भिडियो सम्पादनमा विकास दाहाल रहेका छन् । मेलिना राईको स्वर रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र सम्पदा बानियाँलाई श्रीमान्–श्रीमतीको भूमिकामा देख्न सकिन्छ । सहायक कलाकारमा आर्या आत्रेय, भोजराज आचार्य, आर्या कोइराला, गणेश प्रसाईं र गीतका संगीतकार ज्योतिप्रकाशलाई समेत अभिनय गरेको देख्न सकिन्छ ।
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो'ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा दसैं आयो प्रथम भएको हो।