सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
मिस युनिभर्स नेपाल २०२० का लागि उत्कृष्ट १८ छनोट भएका छन् । नयाँ फ्रेन्चाइज ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रा.लि. ले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालका लागि पुस ७ गते मंगलबार मेरियट होटलमा भएको एक समारोहमा उत्कृष्ट १८ जना छनोट भएका हुन् ।

उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताएका थिए । त्यसैको आधारमा उपस्थित व्यक्तित्वहरूले आफ्नो मनपर्ने प्रतियोगिका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरेका थिए । उक्त भोटिङमा नीना कान्त मण्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्नेछन् भने मिस युनिभर्स नेपालको फाइनल प्रतियोगिता डिसेम्बर ३० मा हुनेछ ।



तस्बिहरु : महेश प्रधान