बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
मिस युनिभर्स नेपाल २०२० का लागि उत्कृष्ट १८ छनोट भएका छन् । नयाँ फ्रेन्चाइज ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रा.लि. ले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालका लागि पुस ७ गते मंगलबार मेरियट होटलमा भएको एक समारोहमा उत्कृष्ट १८ जना छनोट भएका हुन् ।

उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताएका थिए । त्यसैको आधारमा उपस्थित व्यक्तित्वहरूले आफ्नो मनपर्ने प्रतियोगिका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरेका थिए । उक्त भोटिङमा नीना कान्त मण्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्नेछन् भने मिस युनिभर्स नेपालको फाइनल प्रतियोगिता डिसेम्बर ३० मा हुनेछ ।



तस्बिहरु : महेश प्रधान