सुमी मोक्तान र बिजु पार्की (सुबिजु) को जोडीले हिमालयन टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ ।
पुस ४ गते शनिबार राति भएको फाइनलमा बुद्ध लामा तथा केबिका खत्री तथा प्रियना आचार्य तथा सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बन्न सफल भएको हो । विजेताले २० लाख रुपैया“सहित अन्य पुरस्कार पनि प्राप्त गरेका छन् । डान्सर बिजु पार्कीसग नारी मासिकले केही समयअघि गरेको कुराकानी–
अहिले केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला म नेपाली म्युजिक भिडियोमा अभिनय गर्दैछु ।
मोडलिङ कहिलेबाट सुरु भयो ?
म डान्स कोरियोग्राफर ह“ु । लामो समयदेखि कोरियोग्राफरका रूपमा काम गर्दै आइरहेको छु । म अधिकांश समय बम्बईमा बस्छु । तर, मेरो पुख्र्यौली घर अछाम हो । त्यसकारण म नेपालीहरूस“ग पनि नजिक छु । धेरै बालबालिकालाई रियालिटी शोमा सहभागी गराएको छु, कामकै सिलसिलामा म्युजिक भिडियोको प्रस्ताव आएपछि मोडलिङ सुरु गरेको हो ।
पहिलो म्युजिक भिडियो ?
एक वर्षअघि ‘रोमान्टिक छौं’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरें । उक्त गीतमा प्रियंका कार्कीस“ग अभिनय गरेको थिए“ ।
नेपालीहरूलाई इन्डियन रियालिटी शोमा प्रवेश गराउनुको कारण ?
नेपालीहरूको प्रतिभाको प्रस्फुटन गराउनु हो । यसले नेपाली बालबालिकाले अवसर पनि पाउ“छन् । रियालिटी शोमार्फत चिनिने मौका पनि पाऊन् भन्ने उद्देश्य हो ।
नेपाली बालबालिकामा कस्तो प्रतिभा पाउनुभयो ?
नेपाली बालबालिकाहरू धेरै प्रतिभाशाली छन् । उनीहरूलाई अवसरको खा“चो छ । अवसर दिए नेपाली बालबालिकाहरू धेरै अघि बढ्न सक्छन् ।
चलचित्रमा अफर आयो भने के गर्नुहुन्छ ?
अबको मेरो योजना नै चलचित्र खेल्ने छ । कोरियोग्राफर मोडलिङ ह“ुदै चलचित्रमा प्रवेश गर्ने बाटोमा छु । हाल चलचित्रकै तयारीमा छु ।
अन्य के कुरामा रुचि छ ?
म फिटनेस ट्रेनर पनि हो । फिटनेसमा पनि उत्तिकै रुचि छ ।