मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
एएसएपी इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ‘हेरिटेज अफ फेसन–२०२०’ सम्पन्न भएको छ । फेसन शोमा नेपालसहित भारत, चीन, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, फिलिपिन्सलगायत देशका ३५ मोडल र्याम्प वाल्कमा देखिएका थिए । उनीहरू विभिन्न ९ सिक्वेन्समार्फत र्याम्प वाल्कमा प्रस्तुत भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जनाए ।
सहभागी मोडल अडिसनमार्फत अस्ट्रेलियामा नै छनोट गरिएको हो । शोमा सहभागी नेपाली मोडल नेपालका विभिन्न जातजातिले लगाउने पोसाकसहित नेपाल झल्काउने थिममा सजिँदै र्याम्प वाकमार्फत प्रस्तुत भएका थिए । फेसन शोमा चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार शो टपर भएका थिए । फेसन शो मार्च १४ तारेखमा अस्ट्रेलियाको सिड्नीमा रहेको सोफिटेल होटलमा भएको हो ।
यसअघि एएसएपी इन्टरटेनमेन्टले पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामको फेसन शो आयोजना गरेको थियो ।