हीनाले पहिरिन् ‘मिसेस् नेपाल पिस’ को ताज
यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो ।

नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ । तर, उनको डोली रियल लाईफमा नभएर सांगीतिक जीवनमा सजिएको हो । गायिका खरेलको नयाँ गीत ‘डोली सजाई’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायिका खरेलले गायनमा सुगम पोख्रेलले साथ दिएका छन् । गायिका खरेल यो गीतमा संगीतकार अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजनमा गुञ्जिएकी छिन् । गीत अम्बिका गुरुङ्ले लेखेकी हुन् ।
शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गायिका खरेल पनि देखिएकी छिन् । अभिनयमा उनीसँगै पल शाह र रेश्मा घिमिरे लिड रोलमा देखिएका छन् । नरेश बिसीले रेकर्ड गरेको गीतको अडियो मिक्सिङ साजन शाहले गरेका छन् ।
शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :