नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ ।
नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ । तर, उनको डोली रियल लाईफमा नभएर सांगीतिक जीवनमा सजिएको हो । गायिका खरेलको नयाँ गीत ‘डोली सजाई’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायिका खरेलले गायनमा सुगम पोख्रेलले साथ दिएका छन् । गायिका खरेल यो गीतमा संगीतकार अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजनमा गुञ्जिएकी छिन् । गीत अम्बिका गुरुङ्ले लेखेकी हुन् ।
शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गायिका खरेल पनि देखिएकी छिन् । अभिनयमा उनीसँगै पल शाह र रेश्मा घिमिरे लिड रोलमा देखिएका छन् । नरेश बिसीले रेकर्ड गरेको गीतको अडियो मिक्सिङ साजन शाहले गरेका छन् ।
शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले सफलता हासिल गरेका छन् ।