मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

चित्रकार जया शर्माको एकल चित्रकला ‘ड्रिम वाक २०३३’ नामक चित्रकला बबर महल स्थित आर्ट काउन्सिलमा प्रदर्शनी गरेकी छिन् । २०३३ सालमा जन्मेकि उनी जन्मे देखि नै सपनाको यात्रामा अनवरत हिडि रहेको अनुभव गर्छिन् ।
प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन् । चित्रहरूमा उनले जीवनका विभिन्न महत्वपूर्ण क्षणहरू प्राथमिकता दिएकी छन् । प्रदर्शनीमा विम्वात्मक शैलीका चित्रहरूले विभिन्न कालखन्डलाई उतारेकी छिन् । जन्मदेखि मृत्युसम्म मानिसले जीवनका अनुभव गरेको भोगाइहरू क्यानभासमा उतार्न खोजेकी छिन् ।
जीवनका विभिन्न परिस्थितिलाई समावेश गरेर २७ वटा चित्रकलासहित नौ प्रतिस्थापन कला राखेकी छन् । खराब स्वास्थ्य अवस्थाको चरण, अध्ययन, विवाह, सन्तानको जन्म र पारिवारिक स्थितिलाई आर्ट काउन्सिलको विभिन्न कुनामार्फत प्रस्तुत गरेकी छन् ।
बाल्यवस्था, युवाअवस्था, पुर्नजन्म, विवाह र जीवनका आरोह–अवरोहलाई मैले फर्किएर हेर्ने प्रयास गरेको हुँ,’ उनले भनिन्,‘यसलाई म कला अभिव्यक्ति भन्न रुचाउँछु । कारण हाम्रो जीवनअघि र मृत्युपछि अन्धकारको अवस्था हुन्छ । म जन्मिनुअघि र जीवनका विभिन्न उतारचढावहरूलाई फर्केर हेर्ने प्रयास गरिरहेको छु।’