मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
ममिता विक कास्की तारा बन्न सफल भएकी छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणका आधार’ शीर्षकमा भएको कास्की तारा वक्तृत्वकलाको फाइनलमा जित्दै उनले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन् ।
ममिता उमा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । वक्तृत्वकलामा अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी द्वितीय र गौरीशंकर मनिलाल माविमा कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय भए । उनीहरूले क्रमश: २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रले प्राप्त गरे ।
कास्कीमा रहेका पाँचवटै स्थानीय तहमा भिन्नाभिन्नै माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट तीनलाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । बेथानी बोर्डिङ स्कुल, पोखरामा भएको उक्त वक्तृत्वकलामा सूर्यतारा क्लब पोखराले आयोजना गरेको हो । प्रतियोगिताको निर्णायकका रूपमा समालोचक नगेन्द्रराज लामिछाने, उप–प्राध्यापक नारायणदत्त सुवेदी र विद्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।