मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
चलचित्र ‘रणवीर’ मार्फत अभिनेत्रीका रूपमा उदाएकी अभिनेत्री हुन्— सुपुष्पा भट्ट । अग्लो कद, सुन्दर मुहार तथा राम्रै अभिनय गर्ने भएकाले पछिल्लो समय उनी चलचित्र निर्माता–निर्देशकको नजरमा पर्न सफल भएकी छिन् ।
दोस्रो चलचित्र ‘छ माया छपक्कै’ मा पनि सुपुष्पाले अभिनेता जितु नेपालको जोडीका रूपमा छोटो भए पनि प्रभावकारी भूमिका निर्वाह गरिन् । अहिले आएर उनले एउटा ठूलो ब्यानरको चलचित्र पाएकी छिन्—‘चपली हाइट–३’ । अर्जुन कुमारको यो चलचित्रमा सुपुष्पाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्छ ।
बाल्यकालदेखि नै भविष्यमा अभिनेत्री बन्छु भन्ने लक्ष्य लिएकी सुपुष्पाले म्युजिक भिडियोमा समेत अभिनय गर्न थालेकी छिन् । विक्रमजंग शाह र मेलिना राईको स्वरको ‘टिलपिल टिलपिल...’ मार्फत सुपुष्मा म्युजिक भिडियोमा समेत प्रस्तुत भएकी छिन् । नारीप्रधान चलचित्रमा अभिनय गर्ने लक्ष्य लिएकी सुपुष्पाले एउटा चाहनाका बारेमा समेत आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
उनी गीत गाउन पनि सिपालु छिन् । विद्यालयमै छँदा स्टेज कार्यक्रमहरूमा गीत गाइसकेकी सुपुष्पा अहिले गिटार वादनको प्रशिक्षण लिइरहेकी छिन् । निकट भविष्यमै उनी गायिकाका रूपमा समेत दर्शक तथा श्रोतामाझ आइरहेकी छिन् । ‘मैले कभर गीतमार्फत गायिकाको करियर प्रारम्भ गर्ने योजना बनाएकी छु,’ सुपुष्पाले अभिनय र गायनलाई समानान्तर रूपमा अघि बढाउन चाहेको समेत खुलासा गरेकी छिन् ।