केकी अधिकारी
विवाह कहिले गर्ने ?
विवाह गर्ने कुरा त सोचेकै छैन ।
दर्शकले केकीको रियल लाइफको जोडी देख्न कति समय कुनुपर्ला ?
भन्न सकिँदैन, यो लेखिएको कुरा हुँदोरहेछ, देखेर पनि नहुने, राइट टाइम आउला नि ।
लव म्यारिज होला कि एरेन्ज ?
(हाँस्दै) त्यो पनि भन्न सकिँदैन, भएकै बेलामा थाहा हुन्छ ।
फेसनमा कत्तिको रुचि राख्नुहुन्छ ?
धेरै राख्दिन, म त्यति फेसनेबल छैन । त्यही भएर पनि सबैभन्दा धेरै कमेन्ट आउने भनेकै मेरो पहिरनको कुरामा हो । मिलाएर लाउन जान्दिन भन्छन्, हुन पनि मलाई मिलाएर लाउन आउँदैन ।
लगाउन मनपर्ने पहिरन ?
फर्मल ड्रेसमा इभेन्ट छ भने साडी विशेष मनपर्छ । सामान्य अवस्थामा जिन्स–टिसर्ट क्याजुअल नै मनपर्छ ।
साडी लगाउन साथी त चाहिँदैन ?
साडी लाउन अहिले साथी चाहिँदैन, पहिले चाहिन्थ्यो, अहिले एक्लै सक्छु ।
परिकार खाने अनि बनाउने कुरामा कत्तिको रुचि छ ?
म भान्साको काममा एकदमै पछाडि छु । मलाई त्यति रुचि पनि नभएको होला, त्यसमा विस्तारै डेभलप गर्छु ।
दर्शकले तपाईंका बारेमा थाहा नपाएको कुरा केही छ ?
मलाई खाना खाँदा हरेक गासमा अचार चाहिन्छ ।