अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।

यतिखेर मिस नेपाल प्रतियोगिताको सिल्भर जुब्ली श्रृङ्खला अन्तर्गतका विभिन्न मुख्य उपाधि विजेता ताजधारी सुन्दरीहरु मिस वल्र्ड, मिस युनिभर्स तथा मिस सुप्रानेसल २०१९ मा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वल्र्ड २०१९को प्रतियोगिताका लागि यतिखेर बेलायतको लन्डनमा विश्वका एक सय एघार राष्ट्रका सुन्दरीहरुसित प्रतिस्पर्धा गरिरहेकी छिन् भने मिस नेपाल युनिभर्स २०१९ की विजेता प्रदिप्ता अधिकारी अमेरिकाको जर्जियामा विश्वका ९१ मुलुका सुन्दरीसँगै मिस युनिभर्स २०१९ को उपाधि दौडमा रहेकी छिन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनल २०१९ की विजेता रोज लामा भने पोल्याण्डको सिलेसिया शहरमा विश्वका असी बढी मुलुकका सुन्दरीहरुसित मिस सुप्रानेसनल २०१९ का लागि प्रतिस्पर्धा गरिरहेकी छिन् ।
बेलायतको लन्डनस्थित एक्सेल लन्डनमा आगामी डिसेम्बर १४ मा सम्पन्न हुने मिस वल्र्डको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षिया अनुष्का श्रेष्ठ मिस नेपाल वल्र्ड २०१९ को मुख्य उपाधि बाहेक प्रतियोगिताको मिस इन्टेलिजेन्ट र यामाहा मिस फासिनोको अवार्ड विजेता पनि हुन् ।
मिस नेपाल वल्र्ड २०१९ को विजेता चयन हुनुअधि अनुष्काले मिस नेपाल ओसिनिया २०१८ को ताज पहिरिन सफल भएकी थिइन् ।
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको एट्लान्टा स्थित टेरि पेरि स्टुडियोजमा आगामी डिसेम्बर ८ मा सम्पन्न हुने ६८ औं संस्करणको मिस युनिभर्समा प्रतिस्पर्धा गरिरहेकी २३ वर्षिया प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स २०१९ को उपाधि जिते संगै प्रतियोगितामा मिस ट्यालेन्ट र मिस एथ्लिटको उपाधि पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् ।
पोल्याण्डको सिलेसियाको काटोविसस्थित इन्टरनेसनल कंग्रेस सेन्टरमा संचालन हुने मिस सुप्रानेसनलको ११ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी २१ वर्षिया रोज लामाले मिस नेपाल सुप्रानेसनल २०१९ को उपाधि उचाल्नु बाहेक प्रतियोगितामा मिस ग्ल्यामर र मिस फोटोजेनिकको अवार्ड पनि आफ्नो पक्षमा पारेकी थिइन् । पााच फिट ६ इन्च उाचाई रोजले यस अघि मिस नेपाल क्यालिफोर्निया २०१७ को ताज पहिरिन सफल भएकी थिइन् । काठमाडौं जोरपाटीकी रोजले क्यालिफोर्निया स्थित फुटहिल कलेजबाट स्टुडियो आर्टस् तथा इन्डस्ट्रियल डिजाइनिङमा स्नातक तहकी विधार्थी हुन् ।