‘एस अफ एसईई– द बिगिनिङ’ को बिजेता बनिन् आरोही
एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै इभेन्ट म्यानेज्मेन्ट संस्था क्याप्चरले ‘एस अफ एसईई– द बिगिनिङ’ शीर्षकको मोडलिङ प्रतियोगिता आयोजनामा अधिकारीले उपाधि जितेकी हुन् ।
जापानको टोकियोमा नेपाल लगायत विश्वका ८३ मुलुकका सुन्दरीहरू ५९ औं संस्करणको मिस इन्टरनेसनल–२०१९ को मुख्य उपाधि जित्ने होडमा छन् । यही उपाधि दौडमा छिन् नेपालकी मीरा कक्षपति ।
भक्तपुर निवासी २४ वर्षीया मिराले मिस नेपाल–०१९ को फाइनलमा मिस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि जितेपछि मिस इन्टरनेनसल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । फ्रिलान्स एमसीका रूपमा सुपरिचित मीरासँग टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गरेको अनुभव पनि छ ।
५ फिट ४ इन्च अग्ली मीरालाई अध्ययन तथा भ्रमणमा रुचि छ भने उनले गोल्डेन गेट इन्टरनेसनल कलेजबाट उच्च शिक्षा पूरा गरेकी हुन् । मिस इन्टरनेनसल–२०१९ को अन्तिम प्रतिस्पर्धा यही नोभेम्बर १२ का दिन टोकियोको वुन्क्यो जिल्लास्थित टोकियो डोम सिटी हलमा सञ्चालन हुनेछ ।