मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

दीपाश्री निरौलाले लामो समयदेखि चलचित्रमा अभिनय गरेकी छैनन् । चलचित्र छ माया छपक्कैमा उनलाई दर्शकले देख्न पाएनन् । यो चलचित्रमा उनले प्राविधिक सल्लाहकारको भूमिका निर्वाह गरिन् । अहिले उनको शारीरिक बनावटमा आएको परिवर्तनका कारण चलचित्रमा अभिनय गर्ने अवसर गुमेको त होइन भन्दा दीपा त्यसलाई ठाडै अस्वीकार गर्छिन् ।
‘त्यो कारण त होइन । चाहे भने तुरुन्त घट्न सक्छु । शरीर सुहाउँदो खालको भूमिका निर्वाह गर्नुपर्छ’ उनले भनिन् । दीपाको तौल ७८ केजी पुगेको छ । चलचित्रमा अभिनय गर्नुपर्ने भयो भने तौल घटाएर ६० केजीसम्म पुर्याउने उनको दाबी छ । अहिले चलचित्रमा अभिनय नगरेकोमा खिन्नता महसुस हुन थालेको उनले स्वीकार गरिन् ।
मैले पर्दाबाट टेक्निकल पार्टतर्फ जम्प मारे । टेक्निकल पार्टमा काम गर्नुको मज्जा अर्कै छ, तर दर्शकहरूले मलाई छ माया छपक्कैमा मिस गर्नुभयो । दर्शकले एक झलक मात्र तपाईंलाई देख्न पाएको भए हुन्थ्यो भन्नुभयो । यसले मलाई पनि नरमाइलो लाग्यो । अब म अर्को चलचित्रमा सुहाउँदो भूमिका भयो भने अवश्य अभिनय गर्छु– दीपाले भनिन् ।