हीनाले पहिरिन् ‘मिसेस् नेपाल पिस’ को ताज
यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो ।

फिलिपिन्सको मनिलामा आगामी अक्टोबर २८ मा सचालन हुने पर्यटन क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टुरिजम क्वीन वल्र्ड वाइड २०१९मा नेपालको तर्फबाट प्रजिता तामाङले सहभागिता जनाउने भएकी छिन् ।
गत भाद्र महिनामा संचालन भएको मिस तामाङ प्रदेश १ को शीर्ष उपाधि विजेता बने संगै धनकुटा हिलेकी प्रजिताले मिस टुरिजम क्वीन वल्र्ड वाइड २०१९मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी हुन् ।