हीनाले पहिरिन् ‘मिसेस् नेपाल पिस’ को ताज
यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो ।

नेपाली सुगम संगीतमा बेग्लै परिचय बनाएकी गायिका हुन् – दुर्गा खरेल । यिनले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज भरेकी छिन् । यिनै गायिका गरेलले दसैंको कोशेली नयाँ गीत स्रोता तथा दर्शक माझ पस्किएकी छिन् । ‘तिमीलाई भनेर म’बोलको सार्वजनिक गीतमा गायिका खरेलको स्वर निक्कै भावुक सुनिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :