नेपाली सुगम संगीतमा बेग्लै परिचय बनाएकी गायिका हुन् – दुर्गा खरेल । यिनले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज भरेकी छिन् । यिनै गायिका गरेलले दसैंको कोशेली नयाँ गीत स्रोता तथा दर्शक माझ पस्किएकी छिन् । ‘तिमीलाई भनेर म’बोलको सार्वजनिक गीतमा गायिका खरेलको स्वर
नेपाली सुगम संगीतमा बेग्लै परिचय बनाएकी गायिका हुन् – दुर्गा खरेल । यिनले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज भरेकी छिन् । यिनै गायिका गरेलले दसैंको कोशेली नयाँ गीत स्रोता तथा दर्शक माझ पस्किएकी छिन् । ‘तिमीलाई भनेर म’बोलको सार्वजनिक गीतमा गायिका खरेलको स्वर निक्कै भावुक सुनिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ।