सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
मिस पोखरा विश्वविद्यालय कल्चरल क्विन–२०१९ को उपाधि रमिला मगरले जितेकी छिन् । प्रतियोगितामा लक्ष्मी भण्डारी फस्ट रनर्सअप तथा एलिसा श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए भने मिस पपुलारिटीको उपाधि रोजिना कार्कीले जितिन् । प्रगतिशील रोचक समूह जेनिथ गाइजले आयोजना गरेको यो प्रतियोगिताको अडिसनमा २७ जना सहभागी थिए ।
मिस टिन नेपालको उपाधि
काठमाडौं जेसिसद्वारा आयोजित मिस टिन नेपालको फाइनलमा सिन्डी बज्राचार्य विजेता घोषित भएकी छिन् । सिन्डीले प्रतियोगितामा मिस इन्टेलिजेन्टको एवार्ड पनि हात पारेकी थिइन् । प्रतियोगितामा सबिना कार्की फस्ट रनर्सअप भइन् भने पर्सनालिटी विधाको एवार्डसहित प्रज्ञा भण्डारीले सेकेन्ड रनर्सअपको उपाधि जितिन् ।
यो प्रतिस्पर्धामा सुशीला तामाङ ट्यालेन्ट, अनु बस्नेत पपुलर तथा अडियन्स च्वाइस, प्रतिमा श्रेष्ठ डिसिप्लिन, अभिलाषा खड्का फोटोजेनिक तथा महिमा चन्द ब्युटिफुल स्किन एवार्ड विजेता भएका थिए ।