मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो।
वरिष्ठ सौन्दर्यविद् आमा सोनी कारञ्जितको प्रेरणाबाट भारतमा कस्मेटिक साइन्स अध्ययनरत परिशी कारञ्जित मोडलिङमा सक्रिय रहँदै आएकी छिन् । आफू सानै छँदादेखि आमा सोनी कारञ्जितले ब्युटिपार्लरसम्बन्धी काम गर्दै आउनुभएको र आफूमा पनि सानैदेखि सौन्दर्यविद् बन्ने चाहना भएको हुँदा अहिले कस्मेटिक साइन्स पढ्न थालेको परिशी बताउँछिन् ।
रोज सीप विकास तालिम केन्द्रकी म्यानेजिङ डाइरेक्टर परिशीले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुका साथै फेसन सोहरूमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन् । मास्टर डिग्री गर्न अझ दुई वर्ष बाँकी रहेको र त्यसपछि नेपालमै आएर सौन्दर्य क्षेत्रमा लाग्ने योजना बनाएकी परिशीले मोडलिङलाई समेत निरन्तरता दिने कुरा बताइन् ।