म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
नायिका सुमी मोक्तानले केटालाई पिटेको सरौतो चलचित्रको सिन राखेर बनाइएको केटी भनेको खतरनाक नै हुनुपर्छ, चकलेट हो र स्वीट हुनलाई भन्ने ट्रोल निकै हिट छ । २०१२ की मिस तामाङ सुमीले नायिकाका रूपमा डेब्यु गरेको सरौतोका लागि लगभग २ वर्ष उसु र तेक्वान्दोको प्रशिक्षण लिएकी थिइन् ।
उनले आफूलाई चकलेटी नायिकाका रूपमा भन्दा पनि साइलेन्स किलर गर्लका रूपमा प्रस्तुत गरेकी छिन् । सानैदेखि दिल्लीमा अध्ययन गरेकी सुमीले त्यहाँ विभिन्न प्याजेन्टसमेत जितेकी थिइन् । नेपालमै बस्ने योजना बनाएर स्वदेश आएकी सुमीले ३ वर्षको काठमाडौं बसाइमा ३५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुमी आफूलाई एक्सन नायिकाका रूपमा अघि बढाउने सोचमा छिन् ।