कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नायिका सुमी मोक्तानले केटालाई पिटेको सरौतो चलचित्रको सिन राखेर बनाइएको केटी भनेको खतरनाक नै हुनुपर्छ, चकलेट हो र स्वीट हुनलाई भन्ने ट्रोल निकै हिट छ । २०१२ की मिस तामाङ सुमीले नायिकाका रूपमा डेब्यु गरेको सरौतोका लागि लगभग २ वर्ष उसु र तेक्वान्दोको प्रशिक्षण लिएकी थिइन् ।
उनले आफूलाई चकलेटी नायिकाका रूपमा भन्दा पनि साइलेन्स किलर गर्लका रूपमा प्रस्तुत गरेकी छिन् । सानैदेखि दिल्लीमा अध्ययन गरेकी सुमीले त्यहाँ विभिन्न प्याजेन्टसमेत जितेकी थिइन् । नेपालमै बस्ने योजना बनाएर स्वदेश आएकी सुमीले ३ वर्षको काठमाडौं बसाइमा ३५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुमी आफूलाई एक्सन नायिकाका रूपमा अघि बढाउने सोचमा छिन् ।