‘एस अफ एसईई– द बिगिनिङ’ को बिजेता बनिन् आरोही
एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै इभेन्ट म्यानेज्मेन्ट संस्था क्याप्चरले ‘एस अफ एसईई– द बिगिनिङ’ शीर्षकको मोडलिङ प्रतियोगिता आयोजनामा अधिकारीले उपाधि जितेकी हुन् ।
अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको मिस ब्युटी क्विन नेपाल तथा मिसेज नेपाल आइडल–२०१९ को उपाधि क्रमशः प्रकृति लिम्बू तथा सोभिता राईले जितेका छन् । मिस ब्युटी क्विनतर्फ दीक्षा रिसाल फर्स्ट रनर्सअप तथा प्रनिशा नेपाल सेकेन्ड रनर्सअप भए भने मिसेज नेपाल आइडलतर्फ मीरा नेपाली फर्स्ट रनर्सअप तथा रीता महजन सेकेन्ड रनर्सअप घोषित गरिए ।
मिस ब्युटीतर्फ प्रमिशा नेपाल (बेस्ट पर्सनालिटी), अनिला खत्री (बेस्ट डिसिप्लिन र मस्ट पपुलर), उषा लामिछाने (मस्ट एक्टिभ, दीक्षा रिसाल (मस्ट एक्ट्र्याक्टिभ), कमला तामाङ (बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस), प्रकृति लिम्बू (मस्ट कन्फिडेन्ट) तथा उषा लामिछानेले (पब्लिक च्वाइस) उपाधि विजेता रहे ।
मिसेज नेपाल आइडलमा भने सलिना गुरुङ (बेस्ट पर्सनालिटी), इस्मा राई (बेस्ट ट्यालेन्ट तथा बेस्ट ड्रेस), पारु थापामगर (बेस्ट हेयर), पूजा तामाङ (बेस्ट स्किन, पब्लिक च्वाइस र मस्ट पपुलर), रीता महर्जन (बेस्ट फोटोजेनिक), शोभिता राई (मस्ट स्मार्ट), आष्मा श्रेष्ठ (मस्ट एक्टिभ) तथा मीरा नेपाली (मस्ट कन्फिडेन्ट) घोषित भए ।