आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।
आठ वर्ष लामो किर्गिस्तान बसाइपछि कलाकार उषा रजक पुनः अर्को कुरुक्षेत्रमार्फत रंगमञ्चमा देखापरेकी छिन् । नाट्यकर्मी अशेष मल्लको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘अर्को कुरुक्षेत्र’ को शीर्ष भूमिकामा अभिनय गरिरहेकी उषा आफूलाई अहिले पनि दर्शकहरूले उत्तिकै माया गरेको देखेर दंग छिन् ।
एक्टर स्टुडियोकी विद्यार्थी उषा चलचित्रको तुलनामा थिएटर बढी प्रभावकारी हुने भएकाले नाटकमार्फत कमब्याक गरेको बताउँछिन् ।
उषाले कागबेनी, कुसुमे रुमाल–२, इकु आदि चलचित्रमा अभिनय गरेकी थिइन् । यूएनडीपीको आकर्षक जागिर तथा सुविधा छाडेर नेपाल आएकी उषा नेपालमै अभिनय यात्रालाई निरन्तरता दिने योजनामा छिन् । उषा भन्छिन्–लामो समय अभिनयबाट टाढिएँ, तर अब उत्कृष्ट र प्रेरणादायक काम गरेर देखाउन चाहन्छु ।