चलचित्रमा नारी कति सशक्त ?
पछिल्लो समय महिलालाई चलचित्रमा ‘बोल्ड’ बनाउन खोज्नु र मौलिक चलचित्र निर्माण गर्ने होडबाजी नै चलेको छ । यसले निर्देशक र निर्माताहरूले पनि गाउँका कथावस्तु खोज्न थालेका छन् ।

गायिका इन्दिरा भट्टराईको गीत हो – न्युरोडमा भयो एक्सिडेन्ट । गत वर्षको अन्त्यतिर सार्वजनिक भएको यो गीतका लागि गायिका भट्टराईलाई अवार्ड प्राप्त भएको छ । यसै साता कतारको दोहा शहरमा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा गायिका भट्टराईलाई यहि गीतका लागि उत्कृष्ठ पप गायिकाको अवार्ड प्रदान गरिएको हो ।
भट्टराईले अवार्ड प्राप्त गरेको उक्त गीत लालबहादुर सुब्बाले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार सुब्बालेनै दिएका छन् । सविन लिम्बुको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा श्रीदेव भट्टराई र एलिसा राईले अभिनय गरेका छन् ।
नेपाली गीत/संगीतमा लामो समयदेखि सक्रिय गायिका भट्टराईले अवार्डले आफूलाई गायनमा थप जिम्मेवार बनाएको बताएकी छिन् ।
अवार्ड प्राप्त गर्न सफल गीतको म्यूजिक भिडियो :