गायिका सिता केसीको तीज गीत “सैं नाच्यो” बोलको गीत सार्वजनिक भएको छ । गायिका केसी नेपाली सांगीतिक क्षेत्रमा मलाई अमेरिका यहिँ मलाई जापान पनि यहिँ बोलको गीतबाट उदाएकी हुन् ।
गायिका सिता केसीको तीज गीत “सैं नाच्यो” बोलको गीत सार्वजनिक भएको छ । गायिका केसी नेपाली सांगीतिक क्षेत्रमा मलाई अमेरिका यहिँ मलाई जापान पनि यहिँ बोलको गीतबाट उदाएकी हुन् ।
यस गीतमा सितालाई गायक कृष्ण केसीले गायनमा साथ दिएका छन । कृष्ण केसीले संगीत र एरेन्ज गरेको गीतमा प्रयास मगरको शब्द रहेको छ । गीतमा गायिका के सीसँगै लोमश शर्मा र मिनुज राना मगरले अभिनय गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफ तथा निर्देशन गरेको यस भिडियोलाई करण चैसिरले खिचेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ । गीतलाइ गायिका केसीले आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेकी छन् ।
१७ औं संस्करणको मिस नेवाः नेपाल ११४३ सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा भवनको डबली संचालन भएको एनटिसी मिस नेवाः नेपाल ११४३ को फाइनल प्रतिस्पर्धामा नैकापकी सकिना महर्जनले प्रतियोगिताको शीर्ष विजेताको ताज पहिरिन सफल भएकी हुन् ।