‘देउडामा फ्युजन आवश्यक छ’
टिपिकल देउडा चलेनन् । त्यसकारण संगीतमा फ्युजन गरेर देउडालाई नयाँ स्वरूपमा ल्याउने प्रयास गरेकी हुँ । यसको उद्देश्य देउडा धेरैले सुनून् र हेरून् भन्ने हो ।
गायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘चुरा टीका लाली’ बोलको सार्वजनिक गीत डा. कृष्णहरी बरालले लेखेका हुन् । सुनिताले स्वर दिएको उक्त गीतमा महेश खड्काले संगीत भरेका छन् ।
सुनिता दुलाल र रुबी लामा फिचर्ड गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् । शिव बिकले गरेका हुन् ।
हरेक वर्ष तीज गीत लिएर आउँने सुनिता आफूले गीतमा मौलिकतालाई प्राथमिकता दिने गरेको बताउँछिन् । यो वर्षको गीतमा पनि आफूले मौलिकतालाई ध्यान दिएको सुनिताको दाबी छ । सुनिता अहिले प्रशारण भइरहेको ‘नेपाल लोक स्टार’को निर्णायक पनि हुन् ।
गीतको म्यूजिक भिडियो :