मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक
‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
गायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘चुरा टीका लाली’ बोलको सार्वजनिक गीत डा. कृष्णहरी बरालले लेखेका हुन् । सुनिताले स्वर दिएको उक्त गीतमा महेश खड्काले संगीत भरेका छन् ।
सुनिता दुलाल र रुबी लामा फिचर्ड गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् । शिव बिकले गरेका हुन् ।
हरेक वर्ष तीज गीत लिएर आउँने सुनिता आफूले गीतमा मौलिकतालाई प्राथमिकता दिने गरेको बताउँछिन् । यो वर्षको गीतमा पनि आफूले मौलिकतालाई ध्यान दिएको सुनिताको दाबी छ । सुनिता अहिले प्रशारण भइरहेको ‘नेपाल लोक स्टार’को निर्णायक पनि हुन् ।
गीतको म्यूजिक भिडियो :