‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
तीज पर्व नजिकिएसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम पनि बढेर गएको छ । विभिन्न प्रकृतिका तीज गीतहरु सार्वजनिक भैरहेका छन् । यहि मेसोमा गायिका स्वरुपा रसाइलीले ‘बारीको फुल’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा कृयाशिल गायिका स्वरुपालाई सार्वजनिक गीतमा उनकै आमा पबित्रा रसाइलीले गायनमा साथ दिएकी छिन् । लोकप्रिय संगीतकार बि.बि अनुरागीको शब्द/संगीत तथा संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
देबेन्द्र बब्लुले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री श्रृष्टी खड्काले अभिनय गरेकी छिन् । खड्काका साथमा सुरक्षा, शिक्षा र सर्जकले पनि अभिनय गरेको गीतको भिडियो सम्पादन प्रविन भट्टले गरेका हुन् । मिलन थापाको कोरियोग्राफी रहेको भिडियोको छायांकन राहुल राईले गरेका छन् ।
बारीको फुलको म्यूजिक भिडियो :