‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
अभिनेत्री प्रियंका कार्की चाबहिल, चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमिक कलेजको सद्भावना दूत नियुक्त भएकी छिन् । कलेज परिसरमा आयोजित एक समारोहमा अभिनेत्री कार्कीले सद्भावना दूतका रूपमा काम गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेकी छिन् ।
यसरी कलेजको ब्रान्ड एम्बेसडर भए बापत उनले कति पारिश्रमिक प्राप्त गरेकी छिन् भन्ने विषयमा केही बताइएको छैन । उक्त कलेजमा यसअघि मिस नेपाल–२०१० अस्मि श्रेष्ठ, क्रिकेटर सोमपाल कामी, मिस नेपाल–२००२ माल्भिका सुब्बा तथा फुटबल खेलाडी अनिल गुरुङले सद्भावना दूतका रूपमा काम गरिसकेका छन् भने अन्य खेलाडी तथा कलाकारहरू पनि निजी क्षेत्रका विभिन्न कलेजसँग यसरी नै आबद्ध हुँदै आएका छन् ।