थिएटरमा सशक्त महिला
कलाकारहरू उषा रजक, आकांक्षा कार्की र रेखा थापा अनुभव, भोगाइका साथ थिएटरमा देखिएका महिला शक्तिहरुका रूपमा देखिएका छन् । रंगमञ्च अहिले महिलाको संसार, भोगाइ, चाहना र संघर्षलाई समाजमाझ पुर्याउने एउटा शक्तिशाली माध्यम बन्दै गएको छ ।
अभिनेत्री प्रियंका कार्की चाबहिल, चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमिक कलेजको सद्भावना दूत नियुक्त भएकी छिन् । कलेज परिसरमा आयोजित एक समारोहमा अभिनेत्री कार्कीले सद्भावना दूतका रूपमा काम गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेकी छिन् ।
यसरी कलेजको ब्रान्ड एम्बेसडर भए बापत उनले कति पारिश्रमिक प्राप्त गरेकी छिन् भन्ने विषयमा केही बताइएको छैन । उक्त कलेजमा यसअघि मिस नेपाल–२०१० अस्मि श्रेष्ठ, क्रिकेटर सोमपाल कामी, मिस नेपाल–२००२ माल्भिका सुब्बा तथा फुटबल खेलाडी अनिल गुरुङले सद्भावना दूतका रूपमा काम गरिसकेका छन् भने अन्य खेलाडी तथा कलाकारहरू पनि निजी क्षेत्रका विभिन्न कलेजसँग यसरी नै आबद्ध हुँदै आएका छन् ।