मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।
नेपाली कथानक चलचित्र ‘बुलबुल’की अभिनेतृ स्वस्तिमा खड्काले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेकी छन् । सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’की अभिनेतृ खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ आफ्नो पोल्टामा पारेकी हुन् ।
फेष्टिवलमा सहभागीता जनाउन श्रीलंका पुगेकी अभिनेतृ खड्काले उक्त अवार्ड जितेसँगै आफ्ना फ्यानसँग खुशी साटेकी छिन् । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमाका साथमा नव–अभिनेता मुकुन भुषालले शिर्ष भूमिकामा रहेर अभिनय गरेका थिए ।
सार्क फिल्म फेष्टिवलमा नेपालबाट फिचर फिल्म ‘बुलबुल’ सँगै ‘हरि’ र ‘प्रसाद’ले सहभागीता जनाएका थिए ।