शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।
तराई क्षेत्रमा बढेको उखरमाउलो गर्मीको कुनै परवाह नगरी विराटनगरस्थित एक होटलमा दर्शकको भीड बढ्दै थियो । बालगायक प्रितम आचार्य आउने भएपछि धेरैले गर्मीको वास्ता पनि गरेनन् । प्रितम आइतबार दिउँदो स्टेजमा उक्लिए । दर्शकको हुटिङ बढ्यो ।
रियालिटी शो सारेगमप लिटिस चाम्स–२०१९ को सेकेन्ड रनर्सअप भएपछि पहिलो पटक विराटनगर टेकेका प्रितमलाई देखेपछि सबै रमाउन थाले । आफ्नो पर्खाइमा रहेका समर्थकहरूलाई आचार्यले विभिन्न चर्चित गीत सुनाए । उनले हिन्दी गीत ‘तडप तडप के इस दिल से’ गाउँदा सहभागीहरूले वान्स मोरको जोडदार हुटिङ गरे । प्रितमले उक्त गीत दुई पटक गाएपछि माहोल थप तात्तिएको थियो ।