प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज
‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।
तराई क्षेत्रमा बढेको उखरमाउलो गर्मीको कुनै परवाह नगरी विराटनगरस्थित एक होटलमा दर्शकको भीड बढ्दै थियो । बालगायक प्रितम आचार्य आउने भएपछि धेरैले गर्मीको वास्ता पनि गरेनन् । प्रितम आइतबार दिउँदो स्टेजमा उक्लिए । दर्शकको हुटिङ बढ्यो ।
रियालिटी शो सारेगमप लिटिस चाम्स–२०१९ को सेकेन्ड रनर्सअप भएपछि पहिलो पटक विराटनगर टेकेका प्रितमलाई देखेपछि सबै रमाउन थाले । आफ्नो पर्खाइमा रहेका समर्थकहरूलाई आचार्यले विभिन्न चर्चित गीत सुनाए । उनले हिन्दी गीत ‘तडप तडप के इस दिल से’ गाउँदा सहभागीहरूले वान्स मोरको जोडदार हुटिङ गरे । प्रितमले उक्त गीत दुई पटक गाएपछि माहोल थप तात्तिएको थियो ।