प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रदीप्ता अधिकारीले मिस नेपाल युनिभर्स–२०१९ को उपाधि जितेकी छिन् । नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत प्रदीप्ताले उपाधिसँगै मिस युनिभर्स–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् ।
मिस नेपालको प्रशिक्षणको महत्व
मिस नेपालको सबैभन्दा आकर्षक पक्ष भनेकै यसको प्रशिक्षण हो । ६ हप्ता लामो प्रशिक्षणले हामीलाई जीवनभर काम लाग्ने कुरा सिकाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त उक्त प्रशिक्षणले हामीमा आत्मविश्वास जगाउन ठूलो भूमिका निर्वाह गर्यो ।
मिस युनिभर्स–२०१९ को तयारी
मिस युनिभर्सका लागि मैले विभिन्न प्रकारका रिसर्च थालिसकेकी छु । त्यसका लागि म स्वास्थ्यसँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहेकी छु । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने अभियानको थालनी गर्दैछु । सानो जनचेतनाबाटै हामी बाल–मृत्युदर घटाउन सक्छौं भन्ने कुरालाई जिल्ला–जिल्लामा पुगेर जानकारी गराउने तयारी गरिरहेकी छु । उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय झन्डा फहराउँदै नेपाललाई अहिलेसम्मकै उत्कृष्ट उपलब्धि दिलाउने प्रयास गर्नेछु ।
सफलताको राज
मैले इमान्दारितापूर्वक देखेको सपना, त्यो सपना पूरा गर्ने गहिरो आत्मविश्वास तथा कडा परिश्रमले नै मलाई सफल बनाएको हुनुपर्छ । म जेमा लाग्छु त्यसमा शतप्रतिशत समय दिन्छु । म सक्छु, मैले जित्छु भन्ने आँट र विश्वास नै मेरो सफलताको मन्त्र हो ।
बोल्दै अन्तर्राष्ट्रिय स्टेजको अनुभव
म सानैदेखि वादविवाद प्रतियोगिताकी राम्री प्रतिस्पर्धी थिएँ । विद्यालयमा पढ्दा नै मैले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड, सिंगापुर, नेदरल्यान्डजस्ता देश पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी थिएँ । त्यही प्रेरणाले मिस नेपाल मेरा लागि उपयुक्त हुन्छ भन्ने लागेर यसमा सहभागिता जनाएकी हुँ । त्यसैले पनि मिस युनिभर्सका लागि म निकै कन्फिडेन्ट छु ।
भविष्यको योजना
मेरो भविष्य स्वास्थ्य क्षेत्रमै हुनेछ । अर्को वर्ष म एमबीबीएसको चौथो वर्षमा पुग्नेछु । एमबीबीएस तथा एमडीको अध्ययन पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा सक्रिय हुनेछु । भविष्यमा विश्व स्वास्थ्य संगठनको उच्च पदमा पुगेर नेपालको नाम अझ उचाइमा पुर्याउने प्रयास गर्नेछु ।
रुचिहरू
म पूर्वनेसनल डिबेटर पनि हुँ । मलाई बोल्न सारै मनपर्छ । कतिपय ठाउँमा बोलेरै पनि अनेकन कुसंस्कारहरू हटाउन सकिन्छ । मसँग भएको डिबेट गर्ने क्षमतालाई भरसक राम्रो काम र सकारात्मक कुरामा लगाउनेछु । मलाई नृत्य, योग तथा यात्रामा रुचि छ । फुर्सदमा नाच्न, विभिन्न ठाउँ घुम्न रुचाउँछु भने आफ्ना लागि योग गर्छु ।
सबल पक्ष
अनुशासन तथा स्पष्ट धारणा नै मेरो सबल पक्ष हो ।