सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
गायिका देविका बन्दना आफ्नो नयाँ गीत माया घटेन...को म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । दीपक शर्माको संगीत निर्देशनको उक्त गीतका शब्दहरु पनि संगीतकार शर्माले नै रचना गरेका हुन् । राजन ईशानले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
टेकेन्द्र शाहद्वारा निर्देशित म्युजिक भिडियोमा रेष्मा घिमिरेले अभिनय गरेकी छिन् । घिमिरे टिकटक क्विनको उपनामले परिचित छिन् ।
सन्तोष राजवाहकले उक्त भिडियोमा कोरियोग्राफी गरेका छन् । रामकुमार केसीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निर्देशक शाहले नै सम्पादन गरेका हुन् ।
माया घटेनको म्युजिक भिडियो :