म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुादैछिन् ।प्रियंकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहदा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् ।
उनले निरन्तर आफ्नो फेसबुक पेजमा आफू कान्समा सहभागी भएका तस्बिर अपडेट गरिरहेकी छिन् । प्रियंका सोमबार बेलुकी आयोजना भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् ।
भिल्ला अक्सिनमा आयोजित भएको ‘वर्ल्ड पिस नाइट’मा इजिप्टकी महारानी पनि उपस्थित थिइन् । ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका सेलिब्रेटीहरु सहभागी छन् ।