मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक
‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
दिया मास्के, कलाकार
तपाई आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?
म आफूलाई नायिका मान्दिन, म सिर्फ कलाकार हुँ । नायिका भनेर सम्बोधन गर्दा म एउटा सीमित घेरामा हुन्छु, उकुसमुकुस बनाउँछ त्यसले ।
यो क्षेत्रमा आउनुको श्रेय कसलाई दिनुहुन्छ ?
नृत्यमा आउन अमर शिशु स्कुल, अभिनयका लागि अनुप बराल ।
तपाईं कस्ती स्वभावकी हुनुहुन्छ ?
साधारण, छुच्ची, चित्त नबुझेको कुरा मुखैमा भन्ने र रिसाइहाल्ने ।
तपाईंका रुचि के–कस्ता छन् ?
पेन्टिङमा रुचि छ । सानो हुँदा कार्टुन बनाउँथें अहिले बिर्सिएकी छु कार्टुन फेरि सिक्न मन छ ।
रमाइलो कसरी गर्नुहुन्छ ?
नृत्य, अभिनय र आर्टमै रमाउँछु ।
तपाईं कत्तिको फेसन कन्सस हुनुहुन्छ ?
म फेसन कन्सस छैन । लुगा सुहाउनुपर्छ, सफा हुनुपर्छ । म प्रायः क्याजुअल वेयरमै हिँड्छु, हिल लगाउँदिन, हिल स्वास्थ्यका दृष्टिले पनि उपयुक्त हुँदैन ।