कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।

अहिलेसम्म कुन–कुन नायिकासँग काम गर्नुभयो ?
मेनुका श्रेष्ठ, सुजाता कोइराला, रिस्ता बस्नेत, प्रकृति श्रेष्ठ तथा मरिस्का पोखरेलसँग काम गरिसकेको छु । मेनुकासँग चाहिँ सबैभन्दा बढी काम गरेको छु ।
मेनुकासँग रिपिट हुनुको कारण ?
पहिलो चलचित्र उत्सवमा हामीले सँगै काम गरेकाले हो कि जति पनि अफर आउँछ, मेनुका सँगै आइरहेको हुन्छ । सम्भवतः दर्शकलाई हाम्रो जोडी मनपर्छ ।
मेनुकाका विशेषता ?
मिलनसार, असल कलाकार, जोसँग पनि घुलमिल हुने । जस्तोसुकै चरित्र होस्, उत्कृष्ट अभिनय गर्छिन् । त्यसैले पनि मेनुकासँग अभिनय गर्दा रमाइलो र सजिलो लाग्छ ।
मेनुकाको सुधार्नुपर्ने कुनै बानी छ कि ?
मिडियामा त्यति आउन खोज्दिनन्, फोन कम उठाउँछिन्, मुडी स्वभावकी छिन् । उनलाई कहिले रिस उठ्छ थाहा हुँदैन । यी कुरामा सुधार ल्याए उनी परफेक्ट हुन्छिन् ।
मेनुकासँग काम गरेको चलचित्रमध्ये सन्तुष्ट भएको चलचित्र ?
साइँली ।
मेनुका तपाईंकी कस्ती साथी ?
हामी एकदमै मिल्ने साथी हौं तर बिहान–बेलुकी फोन गरिरहनुपर्ने, कहाँ छौ, के गर्दैछौ भनेर सोधखोज गर्ने साथी होइनौं । कहिलेकाहीँ भेट हुँदा गज्जबले जम्छौं ।