सुरुमा क्यामेरा फेस गर्न गाह्रो थियो
कला क्षेत्र छोटो समयमै मानिसहरूलाई चिनाउने क्षेत्र हो । आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्ति स्वयंमा पनि भर पर्दोरहेछ ।
पहिलो पटक युगल गीत गाएकी गायिका ?
अक्षता सिंहसँग गाएको थिएँ । उनी अहिले नेपालमा छैनन् ।
अहिलेसम्म कुन–कुन गायिकासँग गाउनुभएको छ ?
ओहो नामै सम्झनुपर्छ–अक्षता सिंह, नुमा, श्रेया, जेनी, मौसमी गुरुङ, प्रीति कौर, नलिना चिक्रकार, आस्था बी, सुवानी मोत्तान, आयुषा श्रेष्ठ, कुन्चाङ मोक्तान, माण्डवी त्रिपाठी, रश्मि, सिनी गुरुङ, स्मिता दाहाल, लक्ष्मी हमाल, अक्षता अधिकारी मेलिना राई, विदेशी गायिका मारसिया आदि । अरूको अहिले सम्झना भएन ।
सँगै गाउँदा सजिलो लागेकी गायिका ?
प्राश्ना शाक्यसँग सहज महसुस हुन्छ ।
सबैभन्दा बढी कोसँग गाउनुभएको छ ?
प्राश्नासँग ५ वटा गीत सँगै गाएको छु ।
अब कुन–कुन गायिकासँग गाउने रहर छ ?
पुराना पुस्ताका गायिकाहरू ज्ञानु राणादेखि सुकमित गुरुङसम्म सबैसँग ।