दुई विश्वसुन्दरीले गरे विवाह
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे
मिस धिमाल–२०१९ का प्रतियोगीहरूको बन्द प्रशिक्षण प्रारम्भ भएको छ । प्रतियोगिताका लागि छनौट भएका २६ जनालाई एक महिना लामो तालिम प्रदान गरिने कुरा आयोजकहरूले बताएका छन् ।
धिमाल विद्यार्थी मञ्चले आयोजना गरेको यो प्रतियोगितामा काठमाडौं, झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर, बेलबारी, पथरी, कानेपोखरी तथा सुनसरीको इटहरीका युवतीहरू सहभागी छन् ।
मोरङको उर्लाबारीमा भैरहेको बन्द प्रशिक्षणमा अल्पसंख्यक धिमाल युवतीहरूलाई व्यक्तित्व, नेतृत्व विकास तथा जातीय संस्कार एवं संस्कृतिका सम्बन्धमा जानकारी दिइनेछ । प्रमिशा बज्राचार्यले कोरियोग्राफी गर्ने यो प्रतियोगिताको फिनाले फागुनको पहिलो साता हुने बताइएको छ ।