प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
अहिले चर्चामा रहेको चलचित्र ‘समर लभ’बाट नेपाली रजतपटमा भित्रन लागेकी अभिनेत्री हुन् – रेवती क्षेत्री । उनी पहिलो चलचित्रबाटै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । चर्चित उपन्यासको कथामाथि बनेको यो चलचित्रको सार्वजनिक ट्रेलर तथा गीतबाटनै उनको अभिनयको चर्चा सुरु भएको छ ।
यो चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य देख्न सकिन्छ । कतिपयले यसलाई न्यूड दृष्य भनेका छन् । उनको उक्त सिनसँगै चलचित्र बजार एकपट गर्माएको छ ।
तर, अभिनेत्री क्षेत्रीले उक्त सिन तथा चलचित्रमा आफूले निर्वाह गरेको भूमिकालाई सामान्य रुपमा लिएकी छिन् । बरु गर्माएको चलचित्र बजारसँग उनको आपत्ती छ । उनले पत्रकारसँग भनिन्न्–‘एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नांगिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुने । किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन । किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’
रेवती र चलचित्रका मुख्य अभिनेता आशिष पियाको अन्तरंग दृश्य चलचित्रमा फिचरिङ गरिएको छ । उनले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका पत्रकारलाई ‘न्यूडिटी’ भनेको के हो भनेर प्रश्न समेत गरेकी छिन् ?