मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
गायिका इन्दिरा भट्टराईको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा एलिशा राईले अभिनय गरेकी छिन् । बुढा सुब्बा डिजिटल प्रालि ले आइतबार यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ ।
गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ । शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन् ।
गीतको म्यूजिक भिडियो :