चलचित्रमा नायिका अब कसको पालो ?
चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् ।
‘मिस पूर्वाञ्चल २०१८’को उपाधि पुजा श्रेष्ठले जितेकी छिन् । सुनसरीको धरानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पूजाले उपाधिसँगै स्कुटी र हङकङ भ्रमणको अवसर प्राप्त गरिन् । यस्तै, धनकुटाकी अनिला क्षेत्री फस्टरनरअप बन्न सफल भइन् । उनले नगद १ लाख सहित अन्य विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् । इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भइ नगद ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरिन् ।
कार्यक्रममा ‘मिस नेपाल २०१८’ श्रृङ्खला खतिवडा विशेष आकर्षणको रुपमा रहेकी थिइन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीताको विजेताले ‘मिस नेपाल’मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस्तै, बेष्टवाक र मिस ट्यालेन्टको उपाधि सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअलको उपाधि रुसाली केसीलाई प्रदान गरियो । मिस फ्रेन्डसिप सलिना राजवंशी घोषित हुँदा फेस अफ डिभाइन आकृती आचार्य र मिस फिटनेश स्वस्तिका विसुंखे हुन सफल भइन् ।