बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
अञ्जना गुरुङ सुगम संगीतका गीत गाएर चर्चामा आएकी गायिका हुन् । उनले गाएका चलचित्रका गीतहरू समेत उत्तिकै लोकप्रिय छिन् । कन्हैया सिंह परियार पनि सुगम संगीतका स्थापित गायक तथा संगीतकार हुन् ।
अञ्जना र कन्हैया दम्पती हुन् । एउटै क्षेत्रमा सक्रिय यो जोडीले यतिबेला आफ्ना प्रसंशकलाई एउटा रमाइलो सरप्राइज दिएका छन् । उनीहरूले आफ्नी छोरी अपेक्षा सिंह परियारलाई आफ्नै नयाँ गीतको म्युजिक भिडियोमा मोडलका रूपमा प्रस्तुत गरेका छ ।
हालै सार्वजनिक गायिका गुरुङको स्वरको ‘झिमझिम परेली...’ गीतको म्युजिक भिडियोमार्फत अपेक्षाले अभिनयमा पदार्पण गरेकी हुन् । अमेरिकामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरूले सहकार्य गरेका छन् ।