म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
६७ औँ मिस युनिभर्स प्रतियोगिताको शिर्ष ताज फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले उचाल्न सफल भएकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।
२४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी छिन् । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले बैंककमा सोमबार आयोजित फिनालेको तेस्रो स्थान हाँसिल गरेकी छिन् ।
नेपालकी प्रतिनिधी मनिता देवकोटाको भने शीर्ष १० बाट मिस यूनिभर्सको यात्रा समाप्त भएको थियो ।