‘नेपालको स्वास्थ्य क्षेत्र सुधार्न मन छ’
नेपालका युवा अवसरको खोजीमा छन् । राम्रो अवसर पाए, रोजगारीको सुनिश्चिता हुन सके आफ्नै देशमा बसौं र गरौं भन्ने भावना उनीहरूमा छ ।

गायिका मेलिना राई पछिल्लो समय चर्चामा रहेकी गायिका हुन् । उनले कयौं हिट गीतहरु नेपाली गीतहरु सांगीतिक बजारमा पस्कन सफल छिन् । पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि निक्कै रुचाईएकी गायिका हुन् मेलिना । उनै मेलिनाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीत प्रलाद शाहले लेखेका हुन् । ‘मेरी आमा’बोलको उक्त गीतमा नबिन कार्कीले संगीत गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो बिकास सुबेदीले निर्देशन गरेका छन् । निर्देशक सुबेदीले म्यूजिक भिडियो मार्फत समाजमा व्याप्त बलात्कार जस्तो जंघन्य अपराधलाई उठान गर्न खोजेका छन् । पीडितले न्याय नपाइरहेको अवस्थामा गीत मार्फत न्यायको माग गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा शान्ति गिरी र सेड्रिना शर्माले अभिनय गरेका छन् । भिडियोमा निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरिएको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।