प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
गायिका मेलिना राई पछिल्लो समय चर्चामा रहेकी गायिका हुन् । उनले कयौं हिट गीतहरु नेपाली गीतहरु सांगीतिक बजारमा पस्कन सफल छिन् । पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि निक्कै रुचाईएकी गायिका हुन् मेलिना । उनै मेलिनाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीत प्रलाद शाहले लेखेका हुन् । ‘मेरी आमा’बोलको उक्त गीतमा नबिन कार्कीले संगीत गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो बिकास सुबेदीले निर्देशन गरेका छन् । निर्देशक सुबेदीले म्यूजिक भिडियो मार्फत समाजमा व्याप्त बलात्कार जस्तो जंघन्य अपराधलाई उठान गर्न खोजेका छन् । पीडितले न्याय नपाइरहेको अवस्थामा गीत मार्फत न्यायको माग गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा शान्ति गिरी र सेड्रिना शर्माले अभिनय गरेका छन् । भिडियोमा निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरिएको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।