२३ वर्षिया मनिता देवकोटा हाल थाइल्याण्डको बैंककमा छिन् । उनले प्रयोजन मिस युनिभर्स २०१८ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेकी छिन् । नर्थ क्यारोलिनाको ग्रिनभिली स्थित इन्ट क्यारोलिना युनिभर्सिटीबाट उनले पब्लिक हेल्थमा डिग्री हासिल गरेकी छिन् ।
मिस नेपाल २०१८ मा मिस नेपाल युनिभर्स २०१८ को ताज पहिरिएपछि मनिता ६७ औं संस्करणको मिस युनिभर्स प्रतियोगिताका लागि नेपालको तर्फबाट आधिकारिक सहभागि बनेकी हुन् ।
मनिता डेज फोर गल्र्स इन्टरनेसनलमा वुमेन्स् हेल्थका लागि एम्बेसडर पनि हुन् । एशियन खाना बनाउन, संसार भ्रमण, हाइकिङ तथा उपन्यास पढ्नमा उनको रुचि रहेको छ ।
महिला स्वास्थ्य तथा महिला अधिकारको क्षेत्रमा बलियो उपस्थिति जनाउने उनको चाहना रहेको छ । मनिताले मिस युनिभर्स २०१८ मा विश्वका नब्बे भन्दा बढी मुलुकका सुन्दरीहरुसित उपाधि विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मिस युनिभर्सको ग्राण्ड फिनाले यही डिसेम्बर १७ मा थाइल्याण्डको बैंकक शहरस्थित इम्प्याक्ट, मुआङ थोङ थानीमा संचालन हुनेछ ।