सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
बबिता मानन्धरले गाएको आत्मामा तिम्रो आत्मामा गीत धेरैले रुचाएको गीत हो । १६ वर्षको उमेरदेखि गायनमा लागेकी बबिताले सिक्किमबाट नेपाल आएपछि संगीतकार श्रीमान्सँग होटलहरूमा गजल गाउन थालेकी हुन् ।
सिक्किममा थुप्रै गीत गाइसकेकी बबिताले नेपालमा रत्नबहादुर खड्गी, चन्दन श्रेष्ठ तथा गुरुदेव कामतसँग गायन सिकिन् । अहिले उनी म्युजिक क्लासहरू पनि लिइरहेकी छिन् ।
मेलोडी यस गीत तथा गजल मन पराउने बबिताले आइटम, आधुनिक, पप आदि हरेक प्रकारका गीत गाइसकेकी छिन् । नारी प्रधान गीत गाउन पाउँदा दंग हुने बबिताले अहिले चेलीबेटीमाथि घटेका घटनाहरूलाई समेटेर सन्देशमूलक गीत सार्वजनिक गरेकी छिन् ।