चलचित्र मोदी बेनीमा बर्षा मुख्य भुमिकामा ,अनामिका सह निर्देशक
पछिल्लो समय नायिका बर्षा शिवकोटीको चलचित्रमा ब्यस्तता बढ्दै गएको छ । चलचित्र मोदी बेनीमा उनी अरु भन्दा फरक भुमिकामा देखिने भएकी छन् ।
बबिता मानन्धरले गाएको आत्मामा तिम्रो आत्मामा गीत धेरैले रुचाएको गीत हो । १६ वर्षको उमेरदेखि गायनमा लागेकी बबिताले सिक्किमबाट नेपाल आएपछि संगीतकार श्रीमान्सँग होटलहरूमा गजल गाउन थालेकी हुन् ।
सिक्किममा थुप्रै गीत गाइसकेकी बबिताले नेपालमा रत्नबहादुर खड्गी, चन्दन श्रेष्ठ तथा गुरुदेव कामतसँग गायन सिकिन् । अहिले उनी म्युजिक क्लासहरू पनि लिइरहेकी छिन् ।
मेलोडी यस गीत तथा गजल मन पराउने बबिताले आइटम, आधुनिक, पप आदि हरेक प्रकारका गीत गाइसकेकी छिन् । नारी प्रधान गीत गाउन पाउँदा दंग हुने बबिताले अहिले चेलीबेटीमाथि घटेका घटनाहरूलाई समेटेर सन्देशमूलक गीत सार्वजनिक गरेकी छिन् ।