मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
सन् २०१९ मा मुम्बईमा हुने वल्र्ड डान्स लिगका लागि नेपाली प्रतियोगीहरू छानिएका छन् । पोखरामा भएको क्वालिफायर प्रतियोगिताअन्तर्गत सोलोतर्फ काठमाडौंका नेसन सुस्लिङ मगर प्रथम, काठमाडौंकै मुकेश ढकाल द्वितीय तथा कोहलपुरका रोशन विश्वकर्मा तृतीय भए ।
युगलतर्फ बुटवलका हरि गुरुङ र कृष्ण मिश्र प्रथम, वीरगन्जका अनिस र राज द्वितीय तथा बुटवलका विनेश गुरुङ र सञ्जय विश्वकर्मा तृतीय भए ।
यसैगरी समुहतर्फ धरानको रोयल डान्स एकेडेमी प्रथम, चितवनको नेपोलिक द्वितीय तथा धरानको विष्ट ब्रोदर तृतीय भएका छन् । तिनवटै विधामा प्रथम हुने नेसन सुस्लिङ मगर, हरि गुरुङ र कृष्ण मिश्र तथा रोयल डान्स एकेडेमीले भारतको मुम्बईमा हुने वल्र्ड डान्स लिगको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरूका अतिरिक्त टिम नेपालमार्फत अमन तामाङको नेतृत्वमा थप एउटा समूहसमेत प्रतियोगितामा सहभागी हुनेछ ।