मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
‘मिस एभिएसन क्वीन’ नामको एयरहोस्टेस प्रशिक्षार्थीमा केन्द्रित प्रतियोगिताको यो वर्षको ताज सची पौडेलको सिरमा परेको छ । गत साता राजधानीमा सम्पन्न उक्त प्रतियोगीतामा अन्य १९ प्रतियोगीलाई पछि पार्दै ललितपुरकी पौडेलले शिर्ष ताज जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा पूनम लिम्बु फस्ट रनर अप, सुमी पोर्टेल सेकेन्ड रनर अप, दिपिका पाठक थर्ड रनर अप तथा नेहा चौधरी फोर्थ रनर अपका रुपमा चयन गरिएका थिए ।
साहारा इन्टरनेसनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्को ब्यानरमा आयोजना भएको सो प्रतियोगितामा १९ जना युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता एसराज गराच र तेन्जु योञ्जनको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको थियो ।