प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज
‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।

फेसन : म आफूलाई कन्फर्टेबल फिल हुने पहिरन लगाउँछु । म फेसन ट्रेन्डहरू फलो गरिरहेकी हुन्छु । यद्यपि आफूलाई कन्फर्ट छैन भने म त्यसको प्रयोग गर्दिन । म विभिन्न चाडबाडका बेला कुर्ता तथा लेहेंगा लगाउन रुचाउँछु । यसपालीको दसैंमा पनि म कुर्ता तथा लेहेंगामै हुनेछु ।
खानपान : खानामा यो मनपर्छ यो मन पर्दैन भन्ने छैन । मलाई घरको खाना असाध्यै मनपर्छ । विशेषगरी दसैंमा घरमै विभिन्न परिकार तयार पारिन्छ । त्यसैले म तिनै परिकारमा रमाउँछु । यसका साथै मिठाईंहरू पनि खाइरहेकी हुन्छु ।
घुमघाम : दसैंमा म काठमाडौंमै हुन्छु । मलाई चाडपर्वमा परिवारसँगै बस्न मन लाग्छ । त्यसैले यसपालीको दसैंमा कतै घुम्न जाने योजना बनाएकी छैन ।
किनमेल : दसैंमा परम्परागत पहिरन किन्न रुचाउँछु । घरको पूजाका लागि चाहिने सामानहरू पनि किन्छु । साथीभाइहरूलाई प्रदान गर्ने उपहार पनि किन्ने सोंचमा छु ।
मैले बुझेको दसैं : दसैं नेपालीहरूको महत्वपूर्ण चाड हो । यसका अनेकन सुन्दर पक्ष छन् । यद्यपि दसैंमा पशुलाई बलि चढाउने काम चाहिँ मलाई मनपर्दैन । दसैं भनेको पूजाआजा गर्ने, मान्यजनबाट आशीर्वाद थाप्ने, टीका लगाउने तथा आफन्तहरूसँगको भेटघाटमा रमाइलो गर्ने पर्व हो ।
चङ्गा–पिङ : मलाई चङ्गा उडाउन आउँदैन तर अरुले उडाएको हेर्न रुचाउँछु । मैले अहिलेसम्म पिङ खेलेकी छैन । यसपाली चाहिँ पिङ खेल्ने सोंचमा छु ।