प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
सानैदेखि गीत गुनगुनाउँथिन् उनी । स्कुल तथा गाउँमा हुने विभिन्न सांगीतिक कार्यक्रममा भाग लिँदा उनले कहिल्यै दोस्रो हुनु परेन । स्वर सुन्ने सबै भविष्यमा गायिका बन्छेस् भन्थे, ग्रीष्मा संग्रौला विगत सम्झन्छिन्, ‘मेरो चाहना पनि गायिका हुने नै थियो, तर कसरी गायिका बन्ने ?
कुनै आइडिया थिएन, पछि विस्तारै विभिन्न व्यक्तिको साथ र सहयोगले गायिका बन्ने ढोका खुल्यो ।’ आधा दर्जन आधुनिक गीत गाइसकेकी यी गायिकाले केही कभर गीतसमेत गाएकी छिन् । उनको स्वर सुन्ने अधिकांशले उनको प्रशंसा गर्छन् ।
अञ्जु पन्त, आस्था राउत, रेजिना तथा रिमा आइडल हुन् ग्रीष्माका । निरन्तर काममा लाग्ने हो भने सफलता अवश्य हात लाग्छ, ग्रीष्मा भन्छिन्, ‘अध्ययन र गायनलाई सँगसँगै अघि बढाउँदा केही अप्ठ्यारो भए पनि बिस्तारै अध्ययन सकिएपछि फुल टाइम गायनमा लाग्नेछु ।’