‘एस अफ एसईई– द बिगिनिङ’ को बिजेता बनिन् आरोही
एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै इभेन्ट म्यानेज्मेन्ट संस्था क्याप्चरले ‘एस अफ एसईई– द बिगिनिङ’ शीर्षकको मोडलिङ प्रतियोगिता आयोजनामा अधिकारीले उपाधि जितेकी हुन् ।
गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘ढाट्यो मायाले’बोलको सार्वजनिक गीतमा गायक सन्तोष बस्यालले पनि आवाज दिएका छन् । सन्तोषले गायनमा पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठको साथ पाएको गीतमा शब्द/संगीत दिपक शर्माको रहेको छ । गीत लोकशैलीको छ । उसो त संगीतकार शर्माले संगीत भर्ने हरेक गीतमा लोकपन समेटिएको हुन्छ । यो गीतमा हाम्रो समाजमा चलिआएका सामान्य बोलीचालीका भाषालाईनै समेटिएको उनले बताए ।
कार्यक्रममा गायिका सहिमा श्रेष्ठले गीतको रेकर्डिङ र म्युजिक भिडियो छांयाकनका बारेमा बोलेकी थिईन । गायक सन्तोषले आफ्नो यो तेस्रो गीत भएको बताए । यसअघि गायक ओम गुरुङ सहित योगेश काजीको शब्द संगीतमा रहेको रेशम फिरिरी गीत पनि उनले सार्वजनिक गरिसकेका छन् । जस्मा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई फिचरिङ गरिएको थियो ।
नेक्सन डान्स एकेडेमी काठमाडौंको प्रस्तुतिमा निर्माण भएको सन्तोष सहिमाको ढाट्यो मायालेको म्युजिक भिडियोको निर्देशन भने विभोर पोखरेलले गरेका हुन् । गीतमा अनुराग ठकुरी, बबिता श्रेष्ठ र बालकलाकार अविमा तामाङको अभिनय हेर्न सकिन्छ । गीतलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पोखरामा आयोजित कार्यक्रममा लोकापर्ण गरेका थिए ।
गीतको म्यूजिक भिडियो :