‘मिस ग्रान्ड नेपाल’ भदौमा
सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् ।

गायिका माण्डवी त्रिपाठीलाई यतिबेला मायाले सताएर पीडा दिएको छ । उनी जता जान्छिन् उतै पुगेर उनलाई, उनको मायाले घुमी घुमी सताएको छ । गायिका त्रिपाठीले यहि पीडा अभिव्यक्त गर्दै गीत सार्वजनिक गरेकी हुन् ।
गायिका त्रिपाठीले सार्वजनिक गरेको उक्त गीत उनकै श्रीमान तथा संगीतकार विपिन आचार्यले लेखेका हुन् । गीतमा संगीत तथा संगीत संयोजन विपिनकै रहेको छ ।
गीतको म्यूजिक भिडियो भने समन अधिकारीले निर्देशन गरेका हुन् । गायिका त्रिपाठी र संगीतकार आचार्यको भावमा अभिनेत्री निता ढुङ्गानाले अभिनय मार्फत अभिव्यक्त गरेकी छिन् ।
नीतालाई साथ दिन म्यूजिक भिडियोमा अनन्त लामिछाने देखा परेका छन् । शिवराम श्रेष्ठले खिचेको उक्त गीतको म्यूजिक भिडियो गायिका त्रिपाठीले आफ्नै Youtab च्यानलबाट सार्वजनिक गरेकी छिन् ।
गीतको म्यूजिक भिडियो :