पप, आधुनिक तथा चलचित्रका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर नयाँ तीज गीत सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चैँ अर्कै व्यथा छ...’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले
पप, आधुनिक तथा चलचित्रका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर नयाँ तीज गीत सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चैँ अर्कै व्यथा छ...’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा पनि गायिकाद्वयले आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् ।
‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।
मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।
पार्श्वगायनमा नयाँ पुस्ताको हाबी भएको छ । अञ्जु पन्त, सुगम पोखरेल, दीपक लिम्बूलगायतका गायक–गायिकाहरूले चलचित्रलाई धानेका थिए । अहिले पार्श्वसंगीतमा नयाँ पुस्ता उदाइरहेको छ । रचना रिमाल, मेलिना मानन्धर, एलिना चौहान, निशान भट्टराईलगायतको स्वर गुञ्जिन थालेको छ ।