सञ्चारकर्मी कल्पना भण्डारी यो वर्ष पनि तीज गीतका साथमा बजारमा आएकी छिन् । ‘अहिलेको तिजैमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा उनले अभिनय समेत गरेकी छिन् ।
सञ्चारकर्मी कल्पना भण्डारी यो वर्ष पनि तीज गीतका साथमा बजारमा आएकी छिन् । ‘अहिलेको तिजैमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा उनले अभिनय समेत गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो ।
रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र साह गरेका छन् ।
भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् ।
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो'ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा दसैं आयो प्रथम भएको हो।