सञ्चारकर्मी कल्पना भण्डारी यो वर्ष पनि तीज गीतका साथमा बजारमा आएकी छिन् । ‘अहिलेको तिजैमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा उनले अभिनय समेत गरेकी छिन् ।
सञ्चारकर्मी कल्पना भण्डारी यो वर्ष पनि तीज गीतका साथमा बजारमा आएकी छिन् । ‘अहिलेको तिजैमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा उनले अभिनय समेत गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो ।
रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र साह गरेका छन् ।
भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् ।
मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालका रेबिका र गरिमाले जिते अन्तर्राष्ट्रिय उपाधि
मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालका रेबिका र गरिमाले जिते अन्तर्राष्ट्रिय उपाधि
इन्डोनेशियाको बालीमा अगस्ट २५ देखि २९ सम्म सम्पन्न मिस वर्ल्ड टुरिज्म २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने दुई सुन्दरीहरूले मुलुकलाई गर्विलो सफलता दिलाएका छन् । रेबिका थापा मगर र गरिमा गुरुङ दुवैले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि हात पारेका हुन् ।